Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सर्वोच्चद्वारा प्रधानमन्त्रीको शपथसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा प्रधानमन्त्रीको शपथसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

दैनिकी न्यूज

४, जेठ २०७८
सर्वोच्चद्वारा प्रधानमन्त्रीको शपथसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले कारण देखाउm आदेश जारी गर्दै अग्राधिकारमा राखेर हेर्ने निर्णय गरेको हो।

तर निवेदकले पुनः शपथ गराउन राष्ट्रपति कार्यालय समेतलाई अन्तरिम आदेश जारी गर्न माग गरेका थिए।

त्यसलाई सर्वोच्चले अस्वीकार गरेको हो। प्रधानमन्त्रीविरुद्धको सोहि विषयमा परेका चारवटै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै इजलासमा पारेका थिए।

प्रधानमन्त्री ओलीले पुनः शपथ खानुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु सन्तोष भण्डारी, नवराज अधिकारी र राजकुमार सुवालले रिट दायर गरेका थिए।

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १५:०९:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology