Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको निधन

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको निधन

दैनिकी न्यूज

४, जेठ २०७८
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको निधन
images

राजविराज । सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ।

विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज मृत्यु भएको कञ्चनरुप नगरपालिकाका उत्तम आचार्यले जानकारी दिए।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो।

त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए।

गर्भवतीसमेत रहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो। तीन दिनअघि उनको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो।

बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ।

उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन्।

यससहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको सङ्ख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १०:४८:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology