Logo

शनिवार, आश्विन २४ गते २०८३

images

एमाले नेता नेपालसहित चार नेताको निलम्बन फुकुवा

एमाले नेता नेपालसहित चार नेताको निलम्बन फुकुवा

दैनिकी न्यूज

३०, बैशाख २०७८
एमाले नेता नेपालसहित चार नेताको निलम्बन फुकुवा
images

काठमाडौँ । नेकपा (एमाले) ले माधवकुमार नेपालसहित ४ नेताको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार पार्टी एकताको भावनालाई ध्यानमा राखेर निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै चैत १६ गते नेपाल र रावलाई साथै १९ गते भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको थियो ।

images
प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १३:४८:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology