Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

चिनबाट ४ सय सिलिन्डर अक्सिजन आइपुग्यो

चिनबाट ४ सय सिलिन्डर अक्सिजन आइपुग्यो

दैनिकी न्यूज

२८, बैशाख २०७८
चिनबाट  ४ सय सिलिन्डर अक्सिजन आइपुग्यो
images

काठमाडौं । चीनले सहयोग गरेको ३५ सय अक्सिजन सिलिन्डरमध्ये पहिलो लटमा चारसय सिलिन्डर र १० ओटा भेन्टिलेटर नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडबडी विमानले उक्त सामग्री मंगलबार दिउँसो काठमाडौं ल्याइपुर्‍याएको हो । उक्त सामग्रीसँगै चिनियाँ कम्पनी होन्सी शिवम सिमेन्टले सहयोग गरेको १७० अक्सिजन कन्सनट्रेटर पनि काठमाडौं आइपुगेको छ । चीनका परराष्ट्र मन्त्री वाङ यीले अप्रिल २७ मा चीनसहित दक्षिण एसियाका अन्य ५ मुलुकसँग भएको बैठकमा नेपाललाई ५० लाख युआन बराबरको सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । सोहि प्रतिबद्धता अनुसार पहिलो लटको सामग्री आएको काठमाडौंस्थित चिनियाँ राजदूतावासले जनाएको छ । चीनबाट अझै ३१ सय अक्सिजन सिलिन्डर नेपालले ल्याउनुपर्ने हुन्छ ।

images
प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - २१:५८:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology