काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरू विश्वासको मत नदिने भएका छन्।
राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर पुगेका सांसदहरूले राजीनामाको सट्टा अनुपस्थित हुने निर्णय गरेका छन्।
नेता नेपालले सहमतिका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रस्तुत गरेका सर्तहरूको सम्बोधन हुने सन्देश नआएपछि सांसदहरू राजीनामा दिन संसद् भवन पुगेका थिए। ओलीले विश्वासको मत लिन सोमबार संसद्को अधिवेशन बोलाएका छन्। उनीहरू अनुपस्थित रहेपछि ओली विश्वास मत लिन असफल हुनेछन् र वैकल्पिक सरकार बनाउन बाटो खुल्ला हुनेछ।
हाल नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् ।