Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

माधव पक्ष फकाउँदै ओली, बालुवाटारमा निरन्तर छलफल

माधव पक्ष फकाउँदै ओली, बालुवाटारमा निरन्तर छलफल

दैनिकी न्यूज

२४, बैशाख २०७८
माधव पक्ष फकाउँदै ओली, बालुवाटारमा निरन्तर छलफल
images

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालपक्षका नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा संवाद भएको छ । शुक्रबार चार बजेदेखि साढे सात बजेसम्म छलफल भए पनि कुनै निष्कर्षमा पुगिनसकेको एक नेताले बताए । यद्यपी संवादलाई निरन्तरता दिने विषयमा भने समझदारी भएको छ । छलफलमा ओलीको तर्फबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवास नेम्वाङ र विष्णु रिमाल सहभागी थिए । नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल तथा सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई सहभागी रहेको ती नेताले जानकारी दिए । छलफलमा नेपाल पक्षका नेताहरूले माओवादीसँग एकता गर्नुपूर्वकै अवस्थामा पार्टीलाई फर्काएर अगाडि बढ्नुपर्ने अडान नै दाहोर्‍याएका छन् । ओली पक्षका नेताहरूले भने त्यसभन्दा मध्यमार्गी बाटो खोज्नुपर्ने प्रस्ताव राखेको नेपाल पक्षका एक नेताले जानकारी दिए । शुक्रवार नै प्रधानमन्त्री ओलीले नेपालपक्षका नेता गोकर्ण विष्टसंग बालुवाटारमा छलफल गरेका थिए ।

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - २३:२९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology