Logo

शनिवार, आश्विन २४ गते २०८३

images

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

दैनिकी न्यूज

२१, बैशाख २०७८
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका उपलब्ध स्थायी कमिटी सदस्यको मंगलबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बुधबार संसद् सचिवालयलाई सरकारलाई समर्थन छैन भनेर लिखित जानकारी दिने निर्णय भएको छ । योसँगै वर्तमान सरकार अल्पमतमा परेको छ ।

ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्।

यस्तै, बैठकले लुम्बिनी प्रदेश सरकारलाई वैधानिक मान्यता नदिने निर्णय पनि गरेको छ ।

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - १७:४५:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology