Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पत्रकार महासंघ ललितपुरले सांसद र स्थानीय तहसँग सुझाव लिने

पत्रकार महासंघ ललितपुरले सांसद र स्थानीय तहसँग सुझाव लिने

देवीदत्त पौडेल

१२, बैशाख २०७८
पत्रकार महासंघ ललितपुरले सांसद र स्थानीय तहसँग सुझाव लिने
images

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ ।

शनिबार पदबहाली गरेपछि बसेको पत्रकार महासंघ ललितपुर शाखाको बैठकले यस्तो निर्णय गरेको हो ।

ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले पहिलो बैठकले अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाई काम गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले ललितपुर जिल्लाको तीनवटै निर्वाचन क्षेत्रका सांसद र जिल्लाका ६ वटै स्थानीय तहसँग सुझाव, सल्लाह लिएर संगठनको कार्ययोजना बनाइने पनि बताए ।

जिल्लामा रहेका महिला पत्रकार र संचार माध्यममा महिलाको स्थिति समेत अध्ययन गर्ने साथै कोभिड–१९ का कारण जिल्लाका संचारगृहमा कार्यरत पत्रकारले भोगेका समस्या र मिडियाको अवस्थाबारे अध्ययन गरेर प्रतिवेदन बनाउने पनि उनले बताए ।

यस्तै बैठकले सचिव रामहरि कार्कीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको छ ।

पदभार हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष ज्ञानप्रसाद पौडेलले नव निर्वाचित अध्यक्ष सागर न्यौपानेलाई पदभार हस्तान्तरण गरेको थियो ।

पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राज्यसँग सम्झौताविहीन संघर्ष गरिने बताए । यस्तै नेपालको संविधान विपरीत अहिले ल्याइएका कतिपय विधेयकहरू रहेको भन्दै अध्यक्ष पोखरेलले त्यसका विरुद्ध सम्झौताविहीन संघर्ष गरिने समेत बताए ।

यस्तै ललितपुर जिल्लाबाट चार दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गरिरहेका प्रभूनारायण बस्नेत, डा.अष्टमान किसी महर्जन, बटुकृष्ण कार्की, राधा बुढाथोकी र माधव नेपाललाई जिल्ला महासंघले सम्मान गरेको छ ।

images
प्रकाशित मिति :बैशाख १२, २०७८ आइतवार - ०८:१३:१७ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology