Logo

शनिवार, आश्विन २४ गते २०८३

images

शहरी क्षेत्रमा विद्यालय सहित यी ब्यबसाय बन्द गर्ने सरकारको निर्णय

शहरी क्षेत्रमा विद्यालय सहित यी ब्यबसाय बन्द गर्ने सरकारको निर्णय

दैनिकी न्यूज

६, बैशाख २०७८
शहरी क्षेत्रमा विद्यालय सहित यी ब्यबसाय बन्द गर्ने सरकारको निर्णय
images

काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएकाे हाे ।

र‌गंशालाकाे हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । यसाे हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी-२० क्रिकेट सिरिज दर्शकबिना सन्चालन हुनेछ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालले जानकारी दिए ।

जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने उनले बताए । तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् ।

images
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - ११:०९:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology