काठमाडौँ । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। बैठक आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ।
बैठक गत चैत ३० मा बोलाइएको बैठक आजसम्मका लागि स्थगित भएको थियो। आजको बैठकमा १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुँदैछ। साथै बैठकमा केन्द्रदेखि प्रदेशसम्मका राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।