ललितपुर । नेकपा (एमाले) माधव नेपाल समूहले ललितपुरमा गठन गरेका जिल्ला कमिटीका पदाधिकारीले शपथ ग्रहण गर्दैछन्।
बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यका अनुसार यस्तै ललितपुर जिल्ला कमिटीका पदाधिकारीको शपथग्रहण दिउँसो ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाइट पार्टी भेन्यूमा गराइनेछ। शपथ ग्रहणसँगै बैठक पनि राखिने बताइएको छ।
अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी निर्णय गरेको भन्दै असन्तुष्ट नेपाल पक्षले समानान्तर कमिटी गठन गरिरहेको छ। अहिलेसम्म उसले ६० भन्दा बढी जिल्लामा समानान्तर कमिटी बनाइसकेको छ।