बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले दुई फरार प्रतिवादी बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया, बारबर्दिया–११ का ३० वर्षका कान्ति थारु र राजापुर–१० का २१ वर्षका संजित थारु रहेका छन् ।
कान्ति थारु जिल्ला अदालत बर्दियाको २०७७ पुस १७ गतेको फैसलाले बहुविवाह मुद्दामा १० महिना १४ दिन कैद सजाय तोकिएको थियो । ईलाका प्रहरी कार्यालय बानियाभारको टोलीले कान्तिलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणपश्चात जिल्ला अदालतमा बुझाइएको र अदालतको आदेशले जिल्ला कारागार कार्यालय बर्दिया पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीले जानकारी बताए ।
त्यस्तै नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी संजित थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी जिल्ला अदालत बर्दियाको २०७५ जेठ १७ गतेको फैसलाले २४ दिन कैदको फैसला गरेको थियो । ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेको टोलिले थारुलाई नियन्त्रणमा लिएको हो । बर्दिया जिल्ला अदालत उपस्थित गराईएकोमा अदालतको आदेशले जिल्ला कारागार कार्यालय बर्दिया पठाईएको डीएसपी शाहीले जानकारी दिए ।