Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

दैनिकी न्यूज

२, बैशाख २०७८
सवारी दुर्घटनामा परी १० जनाको मृत्यु
images

काठमाडौं । काठमाडौं, गुल्मी, महोत्तरी, चितवन, बर्दिया, पाँचथर, भक्तपुर, बारा र झापाका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-६ नारायणटारस्थित सडकमा बा.७० प ८९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ अत्तरखेल डेरा गरी बस्ने सिरहा भगवानपुर गाउँपालिका-१ घर भएका २२ वर्षीय सोनाम मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

गुल्मी, सत्यवती गाउँपालिका-३ दानसिङस्थित सडकमा लु.२ स ००९९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया ताराराधी थापाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २५ वर्षीया बबीता तारामु समेत ४ जनाको मिशन अस्पताल पाल्पामा उपचार भईरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, गौशाला नगरपालिका-१ रेलवे ट्यागस्थित सडकमा ज.१ ह ५२३१ नम्बरको अटो र ज.१० प ८६९२ नम्बरको मोटसाइकल आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिबास नगरपालिका-१४ बस्ने ५० वर्षीय देवेन्द्र महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटो चालक गौशाला नगरपालिका-५ बस्ने ४० वर्षीय शेख इसराइलको शुभस्वस्तिक अस्पतालमा उपचार भईरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-२६ घान्द्रुक चोकस्थित सडकमा ना.४२ प ६१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक
सोही ठाउँ बस्ने ४० वर्षीय दिपेन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका-२५ बस्ने २२ वर्षीय अनिल महत्तोको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बर्दिया, मधुवन नगरपालिका-८ स्थित सडकमा भे.११ प ६५४९ नम्बरको मोटरसाइकल गुलरिया नगरपालिका-१ बस्ने ५५ वर्षीय काशीराम गोडियाले चलाएको
डल्लपमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका-४ सैनवार घर भएका ३६ वर्षीय तुलाराम थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । डल्लप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथर, याङवरक गाउँपालिका-१ सुकेधामस्थित सडकमा प्रदेश १-०१-००१ त ८९६७ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका सहचालक फाल्गुनन्द गाउँपालिका-४ बस्ने २८
वर्षीय रोशन चेम्जोङको बुधबार साँझ मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल पाँचथरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकस्थित सडकमा बा.५३ प ६९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काभ्रे धुलिखेल नगरपालिका-१० बस्ने ३२ वर्षीय महेश शाहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१६ बालगंगा पुल नजिक सडकमा ना.२७ प ६३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा
सवार सिरहा, सिरहा नगरपालिका-७ बस्ने ३९ वर्षीय सशीकान्त झा र नुवाकोट बिदुर बस्ने ३९ वर्षीय सानु काजी चित्रकारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सशीकान्तको उपचारको लागि गण्डक अस्पताल वीरगंजतर्फ लैजानेक्रममा बाटोमै र सानु काजीको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, शिवसताक्षी नगरपालिका-११ दुधेस्थित सडकमा बा.२१ च ७९८४ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा एम्बुलेन्स चालक ललितपुर
गोदावरी नगरपालिका-७ बस्ने २० वर्षीय उत्सब घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उत्सबको उपचारको लागि बि एन्ड सि अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका एम्बुलेन्समा सवार सोही ठाउँ बस्ने २० वर्षीय सन्तोष तामाङको सोही अस्पतालमा उपचार भईरहेको छ ।

images
प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - १२:५४:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology