Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते बस्ने

दैनिकी न्यूज

३१, चैत्र २०७७
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते बस्ने
images

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते बस्ने भएको छ। सोमबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माहिंला भाइ गोविन्दराज पौडेलको निधनका कारण स्थगन गरिएको थियो।

चैत ३० गते बस्ने भनिएको बैठक आगामी वैशाख ५ गते दिउँसो २ बजे तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

चितवनको रत्ननगरमा सोमबार ७५ वर्षको उमेरमा पौडेलको निधन भएको हो । कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले शोक विज्ञप्तिमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना व्यक्त गरेका छन्।

images
प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - ०९:०७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology