Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मौसमः पहाडी भू–भागमा मौसम बदली‚ अपराह्न थोरै स्थानमा वर्षाको सम्भावना

मौसमः पहाडी भू–भागमा मौसम बदली‚ अपराह्न थोरै स्थानमा वर्षाको सम्भावना

दैनिकी न्यूज

३०, चैत्र २०७७
मौसमः पहाडी भू–भागमा मौसम बदली‚ अपराह्न थोरै स्थानमा वर्षाको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका अधिकांश भू–भागहरूको मौसम आंशिकदेखि सामान्य बदली छ। देशका धेरै स्थानहरूमा तुँवालो लागेको छ।

महाशाखाका मौसमविद समीर श्रेष्ठका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। तर‚ पहाडी भू–भागका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका केही भू–भागमा तुँवालोको असर पनि रहने छ।

सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो २८ देखि ३० डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ।

देशको पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघगर्जन÷चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ३० गते (सोमवार)

दिउँसो:  सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा  रहने छ।देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका केहि भू-भागमा तुँवालोको असर रहने छ।  

 राती:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । 

चैत्र ३१ गते (मंगलवार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा  रहने छ।  पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

राती:  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । 

२०७८ बैशाख १ गते (बुधबार)

दिउँसो:  सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।  पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

राती:  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । 

 

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - ०८:३४:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology