Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

दैनिकी न्यूज

२९, चैत्र २०७७
सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
images

काठमाडौं । मोरङ, जहदा गाउँपालिका–१ भुटाहाचोकस्थित स्काईभेटरमा तेल राख्ने क्रममा स्काईभेटरको बकेटले थिचेर स्काईभेटर चालक ताप्लेजुङ्ग घर भएका २६ वर्षीय दिपक तामाङको शुक्रबार दिउँसो मृत्यु भएको छ । बकेटले थिचेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोकस्थित सडकमा मे।१ च ६४१३ नम्बरको बलेरो गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका ४१ पुरुषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुल्मी, दरबार गाउँपालिका-७ घुम्तीस्थित सडकमा लु। २३ प ५०६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार बेलुका दुर्घटना हुँदा चालक चारपाला बस्ने ४५ वर्षीय राम बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

महोत्तरी, औरही नगरपालिका-१ स्थित सडकमा अन टेष्टलेखिएको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४५ वर्षीय बिजय महतो सुडीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

धनुषा, सहिदनगर नगरपालिका-३ स्थित सडकमा ज।११ प ४७१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कमला नगरपालिका(३ बस्ने २२ वर्षीय रुपेश कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार कमला नगरपालिका-३ बस्ने २८ वर्षीय दिपक यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - १३:५३:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology