Logo

शनिवार, आश्विन २४ गते २०८३

images

प्रहरीका ३६६ प्रहरी निरीक्षकको सरुवा, को–कहाँ (हेर्नुहोस सूचि)

प्रहरीका ३६६ प्रहरी निरीक्षकको सरुवा, को–कहाँ (हेर्नुहोस सूचि)

दैनिकी न्यूज

२८, चैत्र २०७७
प्रहरीका ३६६ प्रहरी निरीक्षकको सरुवा, को–कहाँ (हेर्नुहोस सूचि)
images

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार साँझ सरुवा भएका प्रहरी निरीक्षकहरू २०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा थिए । एक वर्षमा नियमित सरुवा गर्नुपर्ने भए पनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन ।

प्रहरी प्रधान कार्यालयको सूचीअनुसार महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा सुरेशराज भट्टको सरुवा भएको छ । काभ्रेको इलाका प्रहरी कार्यालय बनेपामा राजन कोइराला र जिल्ला ट्राफिक कार्यालय बनेपामा प्रमिला श्रेष्ठलाई सरुवा गरिएको छ । काठमाडौंको महानगरीय प्रहरी प्रभाग कपनमा भगवती तिमिल्सेना, बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्कालाई पठाइएको छ ।

यसैगरी रुपन्देहीस्थित इलाका प्रहरी कार्यालय बेलहियामा नवीन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा ज्ञानबहादुर माझी, सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा अनिलराज गिरी र पूर्वी नवलपरासीस्थित इलाका प्रहरी कार्यालय गैँडाकोटमा लक्ष्मी पाण्डे खनाललाई पठाइएको छ ।

हेर्नुहोस सूचि

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - १५:४०:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology