Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ह्वात्तै बढ्यो इन्धनको मूल्य

ह्वात्तै बढ्यो इन्धनको मूल्य

दैनिकी न्यूज

२२, चैत्र २०७७
ह्वात्तै बढ्यो इन्धनको मूल्य
images

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढेको छ । ‘कार्यविधि कार्यान्वयन गर्दा साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेका छौं । नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल १ सय २० र डिजेल/मटितेल १०३/१०३ रुपैयाँ कायम गरिएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुनेछ ।’ निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत राखेको छ । मूल्य समायोजनपश्चात् पनि निगमलाई अर्धमासिक ८८ करोड घाटा रहेको जनाएको छ । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ३९ पैसा, डिजेलमा १ रुपैयाँ ९४ पैसा, एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय १८ रुपैयाँ ४७ पैसा घाटा रहेको जनाएको छ । ‘उक्त घाटा रकम मूल्य स्थितरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गर्नेछौं,’ उनले भने ।

images
प्रकाशित मिति :चैत्र २२, २०७७ आइतवार - २१:३६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology