Logo

शनिवार, आश्विन २४ गते २०८३

images

उत्कृष्ट युवा पत्रकारिता पुरस्कार दिपक अर्याललाई

उत्कृष्ट युवा पत्रकारिता पुरस्कार दिपक अर्याललाई

दैनिकी न्यूज

१७, चैत्र २०७७
उत्कृष्ट युवा पत्रकारिता पुरस्कार दिपक अर्याललाई
images

काठमाडौं । प्राइम टाइम्स टेलिभिजनका सह–सम्पादक दिपक अर्याल उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । रिर्पोट्स क्लव नेपालको २३ औं बार्षिकोत्सवमा आयोजित बिशेष समारोहमा अर्याल सम्मानित भएका हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान पत्र र २० हजार नगद सहित सम्मान गरेका थिए । अर्याल खोज पत्रिका अनलाइनको पनि सह–सम्पादक हुन् । उनले शिक्षा तथा सामाजिक क्षेत्रमा लामो समयदेखि कलम चलाउदै आएका छन् ।

त्यस्तै, नेपाली संचार जगतको अग्रणी संस्था रिपोर्टस क्लबको २३ औ बार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कार तथा सम्मान गरेका थिए । मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष÷सञ्चालक गोपाल गुरागाईंलाई प्रदान गरिएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँको छ । रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा। नवराज लम्साल र नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक शालिक सुवेदीलाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि ५० हजार रहेको छ ।

यसैगरी कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ४० हजार रुपैयाँ छ । कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । शहीद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका बालकृष्ण अधिकारीले पाएका छन् । अधिकारीलाई दिइएको पुरस्कारको राशि २५ हजार रहेको छ ।

उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई दिइएको छ । सुवेदीलाई दिइएको पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेले पाएका छन् । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका अनन्त अनुरागलाई प्रदान गरिएको छ ।

अनुरागलाई प्रदान गरिने उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । उत्कृष्ट युवापत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी, डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला, ओहो टेलिभिजनका रोहन श्रेष्ठ लगायतलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।

images
प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - २२:३९:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology