Logo

शनिवार, आश्विन २४ गते २०८३

images

एमालेका नेता नेपाल र रावल ६ महिना निलम्बित

एमालेका नेता नेपाल र रावल ६ महिना निलम्बित

दैनिकी न्यूज

१६, चैत्र २०७७
एमालेका नेता नेपाल र रावल ६ महिना निलम्बित
images

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष के पी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका छन्।

पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो। नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका छन्।

नेपाल र रावलले बिहीबार स्पष्टीकरण बुझाएका थिए। पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय पनि गरिएको छ।

पार्टीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र स्थायी समिति सदस्य पाण्डेसँग स्पष्टीकरण माग गरेकोमा यसअघि नेपाल र रावलले मात्र स्पष्टीकरण बुझाएका थिए।

उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गरेको थियो।

केन्द्रीय समितिको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले सोमबार चारजना नेताहरुको नाममा छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएका थिए।

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - २०:२४:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology