काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै सावधानी अपनाउन अपील गरेको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले शुक्रबार साँझ अपील जारी गर्दै घर बाहिर खुला स्थानमा नबस्न, मर्निङवाक नगर्न, फोहोर नजलाउन, कोभिड १९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न आग्रह गरेका हुन् । पाँच बुँदे पत्रअनुसार बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गर्न, धूलोधुँवा उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न र सवारी साधन वा पेसा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषण कम गर्न अत्यावश्यक नभई सवारी साधनहरु नचाउन आग्रह गरिएको छ ।