Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सिन्धुली प्रहरी प्रमुख आभूषण तिम्सिना हेडक्वार्टर तानिए

सिन्धुली प्रहरी प्रमुख आभूषण तिम्सिना हेडक्वार्टर तानिए

दैनिकी न्यूज

१३, चैत्र २०७७
सिन्धुली प्रहरी प्रमुख आभूषण तिम्सिना हेडक्वार्टर तानिए
images

काठमाडौं । सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनालाई ३ महिना पनि नपुग्दै प्रहरी हेडक्वाटरमा तानिएको छ।

गत पुस २१ गते मात्र एसपी रञ्जु सिग्देललाई सरुवा गर्दै सीआईबीमा कार्यरत तिम्सिनालाई सिन्धुली प्रहरी प्रमुख बनाइएको थियो।

सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारीमा भने सर्वोच्च अदालत सुरक्षा कार्यालयका एसपी गोविन्द थपलियालाई पठाइएको छ।

प्रहरीले एक वर्षसम्म सरुवा नगर्ने नीति लिएको भए पनि आर्थिक वा अन्य विवादमा परेको खण्डमा भने जुनसुकै बेलामा पनि प्रधान कार्यालय तान्न सक्ने आचारसंहितामा उल्लेख छ ।

 

images
प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - ०९:५७:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology