Logo

शनिवार, आश्विन २४ गते २०८३

images

राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान

राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान

दैनिकी न्यूज

९, चैत्र २०७७
राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान
images

काठमाडौं । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशतर्फ प्रस्थान गरेकी हुन्। उनी दुई दिने राजकीय भ्रमणका लागि गएकी हुन्।

राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा एमालेका नेता सुवास नेम्वाङलगायत पुगेका थिए।

राष्ट्रपति भण्डारी आफ्ना बङ्गलादेशी समकक्षी मो. अब्दुल हमिदको औपचारिक निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा बङ्गलादेश जान लागेकी हुन् ।

गणतन्त्र नेपालको राष्ट्रपति स्तरको पहिलो भ्रमण भएकाले बङ्गलादेशमा भव्य स्वागतको तयारी भएको बङ्गलादेशस्थित नेपालका राजदूत डा. वंशीधर मिश्रले जानकारी दिए । राष्ट्रपति भण्डारीलाई उनका समकक्षी हमिदले विमानस्थलमा स्वागत गर्नुहुनेछ । विमानस्थलबाट राष्ट्रपति भण्डारी बङ्गलादेशको शहीद स्मृति पार्क जानुहुनेछ ।

राष्ट्रपति भण्डारी चैत १० गते नेपाल फर्कनु हुनेछ ।

images
प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - १०:४१:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology