काठमाडौं । नेकपा एमाले पार्टीभित्रको आन्तरिक विवाद झन चर्कदै गएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबारका लागि बोकाएको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । शनिबार बिहान माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले बहिस्कार गरेको छ । साढे १० बजे बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो । बैठकमा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनीत सांसद वामदेव गौतम पनि उपस्थित भएका थिए । बालुवाटारमा बैठक आयोजना गरिएको भन्दै झलनाथ खनाल-माधवकुमार नेपाल पक्षले भने संसदीय दलको बैठक बहिष्कार गरेको हो । बालुवाटारमा संसदीय दल र केन्द्रीय बैठक बोलाइएकै बेला खनाल-नेपाल पक्षले भने राष्ट्रिय सभा गृहमा युवा संघको राष्ट्रिय कार्यकर्ता भेला गरेको छ । संसदीय दलको बैठकमा नेपाल समूहमा रहेका केहि सांसदहरू भने सहभागी भएका थिए । स्रोतका अनुसार केन्द्रिय समितिको बैठकले माधवकुमार नेपालसहित भीम रावल,घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रामकुमारी झाक्री सहितका ५ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कारबाही गरु अगाडि स्पष्टीकरण सोध्ने गरिएको छ ।