Logo

शनिवार, आश्विन २४ गते २०८३

images

विजुलीको बिल अनलाइनबाट तिरे थप पैसा लाग्ने

विजुलीको बिल अनलाइनबाट तिरे थप पैसा लाग्ने

दैनिकी न्यूज

५, चैत्र २०७७
विजुलीको बिल अनलाइनबाट तिरे थप पैसा लाग्ने
images

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अनलाइनबाट महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ । ५०० रुपैयाँसम्मको बिजुलीको महशुल भुक्तानी गर्दा शुल्क नलाग्ने तर, ५०१ रुपैयाँभन्दा माथि ५ लाखसम्मको बिल भुक्तानीमा प्रतिकारोबार ५ रुपैयाँ सेवा शुल्क लाग्ने प्रस्ताव गरेको हो । यसअघि प्राधिकरणले अनलाइन भुक्तानीमा कुनै पनि शुल्क लिन सेवा प्रदायकलाई अनुमति दिएको थिएन । तर, सेवा प्रदायकले यस्तो शुल्क उठाउन पाउनुपर्ने माग गर्दै आएका थिए । प्राधिकरणले अब भुक्तानी सेवा प्रदायकलाई अनलाइन भुक्तानीबापत शुल्क उठाउन अनुमति दिने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो सेवा शुल्कको शर्त पालना गर्ने गरी बिजुलीको बिल भुक्तानी गर्ने सेवा प्रदायकका रुपमा छनोट हुन प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले प्रतिकारोबार ५ रूपैयाँ प्रस्ताव गरेको छ ।

images
प्रकाशित मिति :चैत्र ५, २०७७ बिहिवार - २१:४६:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology