Logo

शनिवार, आश्विन २४ गते २०८३

images

एमालेका ओली–नेपाल दुवै पक्ष आ–आफ्नै अडानमा

एमालेका ओली–नेपाल दुवै पक्ष आ–आफ्नै अडानमा

दैनिकी न्यूज

२, चैत्र २०७७
एमालेका ओली–नेपाल दुवै पक्ष आ–आफ्नै अडानमा
images

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूबीच बैठक बस्यो । पार्टी कार्यालयमा सम्पन्न बैठकमा दुवै पक्ष कुनै निष्कर्षमा पुग्न सकेनन । दुवै पक्षका शीर्ष नेताहरूले आ–आफ्नो धारणा राख्ने काम मात्र भयो ।

नेपाल पक्षले अध्यक्ष ओलीसँगको भेटमा फागुन २८ गतेको बैठक वैधानिक नभएको र त्यसलाई शून्य अवस्थामा पुर्‍याउनु पर्ने कुरा राखेको बताएका छन् ।

पार्टी विवाद उत्कर्षमा पुगेपछि दोस्रो तहका नेतासहित ओली र नेपाल पार्टी कार्यालय धुम्बाराहीमा सोमबार छलफल छलफलबाट बाहिरने क्रममा नेता नेपालले पार्टीभित्र पक्ष विपक्ष भएपनि आफूहरु एउटै पार्टी भएको बताए ।

गत फागुन २८ मा ओलीले आफू पक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए।

 

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - १५:०४:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology