Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आज ओली र नेपालबीच धुम्बाराहीमा भेट हुँदै

आज ओली र नेपालबीच धुम्बाराहीमा भेट हुँदै

दैनिकी न्यूज

२, चैत्र २०७७
आज ओली र नेपालबीच धुम्बाराहीमा भेट हुँदै
images

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट हुने भएको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष अ‍ोलीले नेपाल पक्षलाई छलफलका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले ११ बजे बोलाएका हुन् ।

छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली ओली पक्षबाट सहभागी हुनेछन् भने नेपाल पक्षबाट नृपालसहित झलनाथ खनाल र अरु दुई नेता सहभागी हुने छन् ।

एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो।

नेता नेपालले बालुवाटारमा होइन पार्टी केन्द्रीय कार्यालयमा भेटौं भनेपछि भेट धुम्बाराहीमा हुन लागेको हो।

सर्वोच्च अदालतको आदेशसँगै एमाले ब्यँतिएपछि प्रधानमन्त्री ओली र न‍ेपाल पक्षका नेताहरूबीच औपचारिक रूपमा कुनै भेटघाट र संवाद भएको छैन। एमाले विभाजनको संघारमा पुगेको टिप्प्णी भईरहेका बेला अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई छलफलमा बोलाउनुले शुभ संकेत गरेको स्रोत बताउँछ ।

प्रधानमन्त्री ओलीले २८ गते गरेको निर्णयको प्रतिक्रियामा नेपाल समूहले समानान्तर विभागहरू गठन गरेको छ भने चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ।

आइतबार साँझमात्रै नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यले वक्तव्य जारी गर्दै ओलीको कदमको विरोधमात्र गरेका छैनन् एमाले पुनर्गठन गर्ने जिम्मेवारीमा संलग्न हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

 

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - १०:३९:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology