Logo

शनिवार, आश्विन २४ गते २०८३

images

माधव नेपाल पक्षले ओलीविरुद्ध निकाल्यो यस्तो विज्ञप्ति

माधव नेपाल पक्षले ओलीविरुद्ध निकाल्यो यस्तो विज्ञप्ति

दैनिकी न्यूज

१, चैत्र २०७७
माधव नेपाल पक्षले ओलीविरुद्ध  निकाल्यो यस्तो विज्ञप्ति
images

काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी गतिविधि पराजित गरिछाड्ने बताएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल पक्षले ओलीमा अहंकार र संकीर्णतामा रमाउने प्रवृति रहेको पनि आरोप लगाएको छ । गत शुक्रबार ओली पक्षको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल पक्षका पदाधिकारीको पद खारेजी र जिम्मेवारी खोसेको थियो । त्यसपछि नेपाल पक्ष असन्तुष्टि राख्दै फरक गतिविधि गर्दै आएको छ । सो समूहले छुट्टै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ भने निर्वाचन आयोगमा ओली समूहले गरेका निर्णयलाई वैधानिकता नदिन पत्र पठाएको छ ।

आयोगलाई पत्र लेखेपछि नेपाल पक्षका नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् । 'सम्पूर्ण पार्टी सदस्य र समर्थकहरूले केपी ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादका विरुद्ध दृढताका साथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी, लेनिनवादी)को सिद्धान्त, नीति र विधि हाम्रो पक्षमा छ र हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरूलाई पराजित गरी छाड्नेछौं,' विज्ञप्तिमा उल्लेख छ । वक्तव्यमा मुलुकको अग्रगामी परिवर्तनलाई सुदृढ र वामपन्थी शक्तिहरूलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्ने लेखिएको छ । ओलीमा कम्युनिष्ट पार्टीको सदस्यका सामान्य राजनीतिक आचरण नैतिकता नरहेको तथा अहंकार, संकीर्णस्वार्थमा रमाउने प्रवृत्तिले रहेको नेपाल पक्षको भनाइ छ ।

ओली विधानअनुरुप सञ्चालन गर्नबाट ओली चुकेको र गुटगत गतिविधि अगाडि बढाएको नेपाल पक्षको भनाइ छ । 'विधान अनुरूप पार्टी सञ्चालन हुनुपर्ने कुरामा जोड दिँदा केपी ओली गुटलाई पाच्य भएन । कार्यकर्ता र जनताका सामू लोकतन्त्र र विधिका नक्कली कुरा गर्दै व्यवहारमा निरंकुश र तानाशाही व्यवहार गर्ने, गुटबन्दी गर्ने, दक्षिणपन्यी अवसरवादलाई अंगाली वामपन्धी आन्दोलन र पार्टीलाई विसर्जनको दिशातिर लैजाने काम केपी गुटबाट भयो,' अगाडि भनिएको छ, 'अन्तत, सात दशक लामो संघर्षबाट नेपाली कम्यनिष्ट आन्दोलनले प्राप्त गरेका उपलब्धीमाथि घात गर्दै जनता, देश र पार्टीमाथि नै विश्वासघात गरिएको छ। उपर्युक्त वस्तु तथ्यले केपी ओलीबाट कम्युनिष्ट पार्टीलाई एकीकृत हुननदिने, वामपन्धीहरूको नेतृत्वमा देश र जनताप्रति समर्पित सरकार सञ्चालन गर्न नदिने तथा विधि र पद्धतिको रक्षा गर्ननदिने कार्य नै भइरहने देखिन्छ ।'

images
प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - २२:५९:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology