Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पश्चिमी वायुको प्रभावः मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावः मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित वर्षाको सम्भावना

दैनिकी न्यूज

१, चैत्र २०७७
पश्चिमी वायुको प्रभावः मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित वर्षाको सम्भावना
images

काठमाडौंं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । बुलेटिन अनुसार हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

हाल देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भहागहरुको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

साँझ पख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्च/हावाहुरिसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०१ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भहागहरुको मौसम सामान्यतया सफा रहनेछ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक-दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती :  : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भहागहरुको मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक-दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

चैत्र ०२ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती :  देशको पहाडी भू-भागहरुमा आंशिक बदली  रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा  रहने छ ।   प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । 

चैत्र ०३ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली  रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती :  देशको पहाडी भू-भागहरुमा आंशिक बदली  रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

images
प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - ०६:२४:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology