Logo

शनिवार, आश्विन २४ गते २०८३

images

गृहमन्त्री बादलसहितका मन्त्रीलाई माओवादी केन्द्रले फिर्ता बोलायो, राष्ट्रिय भेला स्थगित

गृहमन्त्री बादलसहितका मन्त्रीलाई माओवादी केन्द्रले फिर्ता बोलायो, राष्ट्रिय भेला स्थगित

दैनिकी न्यूज

२९, फाल्गुण २०७७
गृहमन्त्री बादलसहितका मन्त्रीलाई माओवादी केन्द्रले फिर्ता बोलायो, राष्ट्रिय भेला स्थगित
images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापा बादललगायत मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।

पेरिसडाँडामा बिहान बसेको स्थायी कमिटी बैठकले माओवादीबाट मन्त्री भएका सबैलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । माओवादी धारका गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

मन्त्री बनेकासहित माओवादी धारका २३ जनालाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाएको छ ।

यस्तै बैठकले भोलि ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । चैत्र २ गतेका लागि बोलाइएको राष्ट्रियभेला भने अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - ११:५४:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology