Logo

शनिवार, आश्विन २४ गते २०८३

images

भन्सार छली गरी ल्याइएका ८ लाख ५८ लाख बढीको सामान बरामद

भन्सार छली गरी ल्याइएका ८ लाख ५८ लाख बढीको सामान बरामद

दैनिकी न्यूज

२८, फाल्गुण २०७७
भन्सार छली गरी ल्याइएका ८ लाख ५८ लाख बढीको सामान बरामद
images

बारा । भन्सार छलेर ल्याउँदै गरेको ८ लाख ५८ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ ।

आज इलाका प्रहरी कार्यालय निजगढले निगढ नगरपालिका वडा नं. ९ स्थित पुर्वपश्चिम राजमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा अवैद्य भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको कपडा बरामद गरेको हो ।

भन्सार छलेर ना ७ ख ५८२१ नम्बरको यात्रुवाहक बस राजविराजबाट काठमाडौं तर्फ जाँदै गरेको सवारी साधनमा ८ लाख ५८ हजार ५३५ रुपैयाँ बराबरको कपडा बरामद गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख, प्रहरी निरीक्षक विकास थपलियाले बताए ।

बरामद सामान आवश्यक कारवाहीका लागि राजस्व कार्यालय थपलैया, बारा बुझाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - २०:२९:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology