Logo

शनिवार, आश्विन २४ गते २०८३

images

थापालाई एमालेको वागमती प्रदेश इन्चार्जको जिम्मेवारी

थापालाई एमालेको वागमती प्रदेश इन्चार्जको जिम्मेवारी

दैनिकी न्यूज

२८, फाल्गुण २०७७
थापालाई एमालेको वागमती प्रदेश इन्चार्जको जिम्मेवारी
images

काठमाडौं । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) एमालेको केपी ओली पक्षले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । सर्वोच्च अदालतको आदेशअनुसार साविकको अवस्थामा फर्किएको एमालेले सातै प्रदेशमा पार्टीका इन्चार्ज तोकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको माधवकुमार नेपाल पक्ष अनुपस्थित एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवास चन्द्र नेम्वाङ, वागमती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादललाई तोकेको हो ।

त्यस्तै कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शङ्कर पोखरेल नै रहेका छन् । उनीहरू सबै ओली पक्षका नेता हुन् ।

यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - २०:१९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology