Logo

शनिवार, आश्विन २४ गते २०८३

images

झलनाथ खनालले गरे यस्तो खुलासा, के होला अब संसदमा

झलनाथ खनालले गरे यस्तो खुलासा, के होला अब संसदमा

दैनिकी न्यूज

२६, फाल्गुण २०७७
झलनाथ खनालले गरे यस्तो खुलासा, के होला अब संसदमा
images

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसद्‌मा नयाँ खेल सुरु हुने बताएका छन् । उनले संसद् भनेको राजनीतिक दलहरुका लागि सबैभन्दा माथिको राजनीतिक मञ्च भएको बताउँदै अब नयाँ खेल सुरु हुने बताएका हुन् । बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरसँग कुरा गर्दै नेता खनालले भने,'देशका सबै राजनीतिक पार्टीहरुले खेल्ने ठाउँ नै संसद् हो । अब नयाँ खेल सुरु हुन्छ । अबका नयाँ परिदृश्यहरु विस्तारै देख्नुहुन्छ । ' उनले संसद् पुनर्स्थापना आफैंमा ऐतिहासिक भएको बताउँदै संविधानको मर्म र भावना अनुरुप अब अगाडि बढ्नुको कुनै विकल्प नभएको बताए । यस्तै, उनले वर्तमान सरकारले अबको दुई वर्ष पुरा गर्नुपर्ने बताएका छन् । उनले भने,' नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकारले दुई वर्ष पुरा गरोस् भन्ने चाहान्छु । हाम्रो पार्टीको सरकार भएकाले पार्टीले सरकार जोगाउने हो संसद्को कुरा हो । सरकार जोगाउने हाम्रो पार्टी हो । '

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - १६:०४:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology