Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आधा घट्यो फेवातालको क्षेत्रफल !

आधा घट्यो फेवातालको क्षेत्रफल !

दैनिकी न्यूज

१६, फाल्गुण २०७७
आधा घट्यो फेवातालको क्षेत्रफल !
images

पोखरा । कास्कीको पोखरास्थित फेवातालको क्षेत्रफल आधाले घटेको छ । आइतबार फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा फेवातालको क्षेत्रफल यसअघि गरिएको सर्भे भन्दा झण्डै आधा घटाइएको छ । २०१८ सालमा नेपाल–भारत सहयोग मिसनले गरेको अध्ययनमा तालको क्षेत्रफल १० वर्ग किलोमिटर अर्थात २२ हजार रोपनी क्षेत्रफल औँल्याइएकोमा अहिले त्यसलाई झण्डै आधा घटाएर ५.७२६ वर्ग किलोमिटर अर्थात ११ हजार २ सय ५५ रोपनी क्षेत्रफल कायम गरिएको छ । ‘सीमांकन तथा नक्सांकन समिति’ ले २०३८ साल बनाइएको प्रतिवेदनलाई समेत आधार मान्दै क्षेत्रफल कायम हुने गरी यसअघि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । युएनडिपीले २०३८ सालमा तयार पारेको अध्ययन प्रतिवेदनमा तालको क्षेत्रफल ५.८ वर्ग किलोमिटर उल्लेख गरिएको थियो । आइतबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - १४:४९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology