ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ ।
थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार्थ राखी खुवाई बेहोस बनाई उनको साथबाट नगद र सुनको औठी लुटपाट भएको भन्ने बुझिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, महानगरपालिका–३२ खरिबोट डेरा गरी बस्ने रामेछाप सांगुटार-८ स्थायी घर भएका २९ वर्षीय प्रविन प्रधान र लमजुङ घर भएकी दिपा गुरूङको कोठाबाट १ तोला सुन र नगद १० हजार रुपैयाँ बिहीबार दिउँसो चोरी भएको छ ।
ललितपुर, गोदावरी नगरपालिका–२ मानडाँडास्थित समाज चाईनिज हाँस फर्मबाट नगद ३ लाख ५० हजार रुपैयाँ बिहीबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।