Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

१४, फाल्गुण २०७७
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका वडा नं. २२ पाको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुरका २ वटा मुद्दामा उच्च अदालत पाटनको २०७७ मङ्सिर १५ गतेको फैसलाले क्रमशस् २० दिन कैद र करिब ३० लाख रूपैयाँ जरिवाना तथा १५ दिन कैद र २६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका सुरेशलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले झम्सीखेल लतितपुरमा छुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

सुरेशले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय हात्तिसार काठमाडौंमा भएको खाताबाट पीडितलाई रकम भुक्तान हुने गरी चेकहरु दिएकोमा बैंकिङ कसूरजन्य अपराध ठहर भएको थियो ।

सुरेशलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - १३:०१:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology