काठमाडौं । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको अध्यक्ष र सचिव चयन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा प्रचण्ड–नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्लाका अध्यक्ष र सचिव चयन गरेको हो । बाँकी नौ जिल्लामा पनि छिट्टै नेतृत्व चयन गरिने प्रचण्ड–नेपाल समूहले जनाएको छ । पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन्।
काठमाडौं अध्यक्षमा बसन्त मानन्धार र सचिवमा हिमाल शर्मा छन् भने ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा र सचिव राजकाजी महर्जन छन्।
गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ।
यसअघि प्रचण्ड–नेपाल समूहले पार्टी संगठनभित्र ५०–५० प्रतिशतको अनुपातमा भागवण्डा गर्ने गरी नौबुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।
हेर्नुहोस सूचि



