Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पूर्वप्रधानमन्त्री डा. भट्टराई स्वास्थ्योपचारका लागि दिल्ली जाँदै

पूर्वप्रधानमन्त्री डा. भट्टराई स्वास्थ्योपचारका लागि दिल्ली जाँदै

दैनिकी न्यूज

९, फाल्गुण २०७७
पूर्वप्रधानमन्त्री डा. भट्टराई स्वास्थ्योपचारका लागि दिल्ली जाँदै
images

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज आइतबार भारत जाने भएका छन्। उपचारका लागि उनी नेपाल वायुसेवाको जहाजबाट नयाँ दिल्ली जाने भएका हुन्।

उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन् ।

दिल्लीमा डा. भट्टराईले ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार गराउनेछन्। त्यस क्रममा उनी त्यहाँस्थित नेपाली दूतावासमा बस्नेछन्।

उपचारका क्रममा उनीसँग पत्नी, पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन् ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - ०८:५३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology