Logo

शनिवार, आश्विन २४ गते २०८३

images

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरको महांकालबाट एक युवा पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरको महांकालबाट एक युवा पक्राउ

दैनिकी न्यूज

७, फाल्गुण २०७७
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरको महांकालबाट एक युवा पक्राउ
images

काठमाडौं । प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ललितपुरको महांकाल गाउँपालिकाबाट एक युवालाई पक्राउ गरेको छ।

स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ वर्षीय राजकुमार ठाकुरलाई बिहीबार बिहान पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख, डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

ठाकुरमाथि बुधबार विद्यालय पछाडिको जंगलमा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ। ठाकुरमाथि जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप भई अनुसन्धान भैरहेको डीएसपी कार्कीको भनाई छ ।

यता ललितपुरको महालक्ष्मी नगरपालिका–१० लाकुरी भञ्ज्याङस्थित वनभोज स्थलमा गोदावरी नगरपालिका– २ त्रिवेणी बस्ने ४० वर्षीय राजु तामाङ मृत फेला परेको र घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी दिनेश घिमिरेले बताए ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - ०९:०५:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology