Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेकपाकी नेत्री झाँक्री निवासबाटै पक्राउ

नेकपाकी नेत्री झाँक्री निवासबाटै पक्राउ

दैनिकी न्यूज

२९, माघ २०७७
नेकपाकी नेत्री झाँक्री निवासबाटै पक्राउ
images

काठमाडौं । प्रहरीले नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई आज पक्राउ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

झाँक्रीलाई राज्यविरुद्धको कसुर मुद्दामा दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि झाँक्रीले उक्त विघटनलाई तत्काल अनुमोदन गर्ने राष्ट्रपति र सो कदमको समर्थन गर्नेप्रति कडा आलोचना गर्दै आएकी छन् ।

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - १५:५८:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology