काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ फूल्चोकी डाँडामा हराइरहेका दुईजनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौं कलंकी बस्ने २१ वर्षीय प्रशान्त थापा र दोलखा मेलुङ गाउँपालिका वडा नं. ३ घर भएका १९ वर्षीय सुरेश केसीलाई प्रहरीले सकुशल उद्दार गरेको हो ।
फूल्चोकी डाँडामा घुम्न गएका युवक हराएपछि खबर पाएपछि खोजीका लागि खटिएको महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरको प्रहरी टोलीले उनीहरु सकुशल उद्धार गरेको हो ।
प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अरुण भट्टराईका अनुसार दुवैजनालाई गोदावरी नगरपालिका वडा नं. २ चापाखर्कमा अलपत्र अवस्थामा फेला परेका हुन् । दुवैजनालाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
जाडो याममा हिउँ पर्नेभएकोले फूल्चोकीमा आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुन्छ । जंगलमा बाटो बिराइ यसअघि पनि पटक–फटक मानिस हराउने र मृत्युसमेत हुने गरेको छ ।
फुल्चोकी डाँडामा जाडो याममा हिउँ परेसँगै त्यस ठाउँमा आन्तरीक पर्यटकहरुको अत्याधिक घुँइचो हुन्छ । जंगलमा बाटो बिराइ यसअघि पनि पटक–फटक मानिस हराउने र मृत्युसमेत हुने गरेको छ ।
प्रभाग बाँडेगाउँबाट प्रहरीले फुल्चोकी प्रवेशको मुख्य नाका गोदावरी बसपार्क नजिकै दैनिक चेकजाच गर्ने, पर्यटकको बिबरण ईन्ट्री गर्ने, भौगोलिक अवस्थिति झल्किने नक्सा सहितको वोर्ड राखेको र सचेतनामुलक बोर्डहरु राखेको छ ।