Logo

शनिवार, आश्विन २४ गते २०८३

images

स्वाट्टै घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

स्वाट्टै घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

दैनिकी न्यूज

२५, माघ २०७७
स्वाट्टै घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
images

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो ।

बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको थियो ।

अबको केही दिन कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको मौसमविद् सविना शाक्यले बताइन् । पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी सुरु हुने जनाइएको छ । काठमाडौँ उपत्यकावरपरका अग्ला डाँडामा हिउँ परेकाले आइतबार बिहान बढी चिसो महसुस भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज १ दशमलव शून्य डिग्रीमा झरेको छ । काठमाडौँको न्यूनतम तापक्रम शनिबार ३ दशमलव ५ डिग्री सेल्सियस थियो ।

हाल देशको प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नं १ का पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस छ । रासस

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - १६:४३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology