Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आमहड्ताल अपडेटः उपत्यकाबाट अष्टलक्ष्मी शाक्यसहित ७१ जना पक्राउ

आमहड्ताल अपडेटः उपत्यकाबाट अष्टलक्ष्मी शाक्यसहित ७१ जना पक्राउ

दैनिकी न्यूज

२२, माघ २०७७
आमहड्ताल अपडेटः उपत्यकाबाट अष्टलक्ष्मी शाक्यसहित ७१ जना पक्राउ
images

काठमाडौं । आमहडताल सफल पार्न काठमाडौंमा परिचालित प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित ७१ भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको छ ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले आम हड्ताल घोषणा गरेको छ । काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

कलंकीबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरु अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा, शिव पोख्रेल, शंकर दुलालसहित ८ जनालाई पक्राउ गरेको छ । बागबजारबाट रमेश मल्ल सहित ४१ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गण नम्बर–२ मा राखिएको छ ।

आमहड्ताल गराउन शान्तिबाटीकामा नेकपाका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा ४० जनाको समूह निस्केको छ । सातदोबाटोमा देव गुरुङ र गोंगबुमा हिमाल शर्माको नेतृत्वमा प्रदर्शन गरिएको छ ।

आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।

यता, बिहीबार बिहानै गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनीसमेत भएको छ । दुई अज्ञात व्यक्तिहरुले ट्याक्सीमाथि आगजनी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए ।

गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो ।
आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन । बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।


फागुन पहिलो साताबाट संयुक्त आन्दोलन
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन्। संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका छन् ।

2.jpg

त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए । प्रचण्ड सातदोबाटोपछि पुल्चोकमा पुगेका छन् ।

images
प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - १०:०८:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology