Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आज नेकपा प्रचण्ड–नेपाल समूहको देशव्यापी आमहड्ताल

आज नेकपा प्रचण्ड–नेपाल समूहको देशव्यापी आमहड्ताल

दैनिकी न्यूज

२२, माघ २०७७
आज नेकपा प्रचण्ड–नेपाल समूहको देशव्यापी आमहड्ताल
images

काठमाडौं । बिहीबार नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल समूहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन् । महड्तालको घोषणासँगै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन ।

बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।

2.jpg

बुधबार बेलुका बन्दलाई सफल पार्न भन्दै नेकपाका कार्यकर्ताहरुले देशव्यापी मसाल जुलीस निकालेका थिए ।

images
प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - ०६:३८:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology