Logo

शनिवार, आश्विन २४ गते २०८३

images

म्यानमारमा भएको सैन्य कू बारे यस्तो छ नेपालको प्रतिक्रिया

म्यानमारमा भएको सैन्य कू बारे यस्तो छ नेपालको प्रतिक्रिया

दैनिकी न्यूज

१९, माघ २०७७
म्यानमारमा भएको सैन्य कू बारे यस्तो छ नेपालको प्रतिक्रिया
images

काठमाडौं । म्यानमारमा सोमबार भएको सैनिक ‘कु’ लाई लिएर नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार बेलुकी विज्ञप्ति जारी गर्दै नेपालले म्यानमारमा विकासित भएको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएको छ । सरकारले म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्‍न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने विश्वास व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारले राष्ट्रपति यू विन मिन्ट र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीलगायतको गिरफ्तारीमा चासो रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले गिरफ्तार गरिएका सम्पूर्णको तुरुन्त रिहाईको आह्वान समेत गरेको छ ।

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - २२:१८:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology