Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सुरु भएकै हो तेस्रो जनआन्दोलन ?

सुरु भएकै हो तेस्रो जनआन्दोलन ?

दैनिकी न्यूज

१२, माघ २०७७
सुरु भएकै हो तेस्रो जनआन्दोलन ?
images

काठमाडौं । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले सम्बोधन गर्दै तेस्रो जनआन्दोलन सुरु भएको बताए । 'हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं ।

बिना सूचना बर्बर दमन गर्‍यो ', वाग्लेले भने, 'अब तेस्रो जनआन्दोलन सुरु भयो ।' यस्तै वाग्लेले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले नै गर्ने बताए । 'आन्दोलनमा घाइते भएकाहरुको उपचार हामी आफैं गर्ने छौं,' उनले भने,' घाइते भएका हाम्रा साथीहरुको यथार्थ जानकारी संकलन गर्ने छौं । सरकारको लालच हामीलाई चाहिँदैन । हामी आफैं उपचार गर्ने छौं ।'

images
प्रकाशित मिति :माघ १२, २०७७ सोमवार - २१:४३:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology