काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस भएका छन्।
सोमबार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई एसपी बढुवामा सिफारिस गरेको हो।
बढुवा सिफारिस हुनेमध्ये पहिलो नम्बरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका भुवनेश्वर तिवारी छन्।
दोस्रो नम्बरमा महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुरका ऋषिराम कँडेल, तेस्रोमा कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण खजुरा, बाँकेका सुरेशप्रसाद काफ्ले र चौथोमा प्रधान कार्यालय प्रशासन विभागका अमरेन्द्रबहादुर सिंह छन्।
त्यस्तै, प्रधान कार्यालय अपराध अनुसन्धान विभाग वैदेशिक महाशाखा नक्सालका श्यामसिंह चौधरी, प्रशासन शाखाका नकुल पोख्रेल, पदमबहादुर विष्टको पनि बढुवा सिफारिस भएको छ।
लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत् डिएसपी प्रजित केसी पनि बढुवा सूचीमा सिफारिस भएका छन्। ३३ किलो सुन र सनम शाक्य हत्या अनुसन्धानमा अपराध महाशाखाबाट खटिँदा केसी निलम्बनमा परेका थिए।
उनीसँगै तत्कालीन एसएसपी दिवेश लोहनी र सई बालकृष्ण सञ्जेल पनि निलम्बनमा परेका थिए। थुनछेकका क्रममा उनीहरू तिनै जना जिल्ला अदालत मोरङको आदेशले करिब ३ महिना जेल परेका थिए।
अनुसन्धानमा खटिँदा उनीहरूले गरेको ‘अन्डरकभर’ अपरेसनलाई मुद्दाको विषय बनाएपछि उनीहरू जेल परे पनि उच्च अदालत र सर्वोच्च अदालतको आदेशपछि काममा फर्किएका थिए।
हेर्नुहोस सुचि

