Logo

शनिवार, आश्विन २४ गते २०८३

images

संसद विघटन मुद्दा : राजपत्रको आधिकारिकता जाँच्नका लागि सर्वोच्चमा निवेदन

संसद विघटन मुद्दा : राजपत्रको आधिकारिकता जाँच्नका लागि सर्वोच्चमा निवेदन

दैनिकी न्यूज

११, माघ २०७७
संसद विघटन मुद्दा :  राजपत्रको आधिकारिकता जाँच्नका लागि सर्वोच्चमा निवेदन
images

काठमाडौं । सरकारले गरेको प्रतिनिधि सभा विघटनको सूचना छापिएको राजपत्रमाथिनै शंका उत्पन्न भएको छ । उक्त राजपत्रको आधिकारिकता जाँच गर्नका लागि सर्वोच्च अदालतमा निवेदन परेको छ ।

संसद विघटनविरुद्ध सर्वोच्चमा रिट हालेका सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहका नेताहरु देव गुरुङ, रामकुमारी झाँक्री, शशि श्रेष्ठ तथा कृष्णभक्त पोखरेललगायतका नेताले सर्वोच्चको संवैधानिक इजलासमा निवेदन दिएका हुन् ।

यसअघिको संवैधानिक इजलासमा राजपत्रमा सूचना प्रकाशन भएको विषयमा विवाद भएपछि इजलासले राजपत्रको सूचना मगाएको थियो । गत शुक्रबार महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्र इजलासमा पेस गरेका थिए ।

गत पुस ५ गतेकै मितिमा प्रकाशित भएको उक्त राजपत्र वेबसाइटमा भने शुक्रबार मात्रै राखिएको थियो । प्रकाशन मिति र वेबसाइटमा राखेको क्रम संख्यामा गढबढ भएपछि आधिकारिकता जाँच्नका लागि निवेदन परेको हो ।

images
प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - १२:४५:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology