भक्तपुर । युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका १० का वडाध्यक्ष भरत बोहोरा जबरजस्ती करणी गरेको आरोपमा शनिबार पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई शनिबार चनखुबाट पक्राउ गरेको हो । भक्तपुरको ठिमी प्रहरी वृत्तले पक्राउ गरी पठाइदिन गरेको आग्रह अनुसार प्रहरीले उनलाई पक्राउ गरी शनिबार नै ठिमी वृत्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले पुष्टि गरे ।
मन्थलीकै एक युवतीले वडाध्यक्ष बोहोराले बलात्कार गरेको भन्दै ठिमी प्रहरीलाई जाहेरी दिएको र त्यसकै आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष बोहोरालाई पक्राउ गरिएको हो ।