Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ललितपुरको दुई सहकारीबाट ९ लाख २० हजार चोरी

ललितपुरको दुई सहकारीबाट ९ लाख २० हजार चोरी

दैनिकी न्यूज

८, माघ २०७७
ललितपुरको दुई सहकारीबाट ९ लाख २० हजार चोरी
images

ललितपुर । ललितपुरमा एक हप्ताभित्र दुई सहकारीमा चोरी भएको छ । महानगरी प्रहरी वृत्त सातदोबाटोका अनुसार आकर्षक उपभोक्ता सहकारी र करुणा बचत तथा सहकारी संस्थामा करिब ९ लाख २० हजार नगद चोरी भएको हो ।

ललितपुर महानगरपालिका वडा नं. १५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थामा सोमबार राति चोरी भएको छ । वृत्त सातदोबाटोका अनुसार ताला फुटाएर १ लाख ९८ हजार रुपैयाँ नगद, एनआईसी बैकको खाली चेक, संचय कोष सम्बन्धी कागजातहरु लगायत बिभिन्न सामानहरू चोरी भएको छ ।

त्यस्तै ललितपुर महागनरपालिका वडा नं. १४ ताल्चीखेलस्थित करुणा बचत तथा ऋण सहकारी संस्थाबाट झ्यालको चुकुल फोडेर सहकारी भित्र प्रवेश गरी ७ लाख २१ हजार ८ सय ५८ रुपैयाँ नगद बुधबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको वृत्त सातदोबाटोका प्रमुख डीएसपी दिनेश घिमिरेले जानकारी दिए ।

 

images
प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १७:५८:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology